hit counter

नेपाली कांगे्रसको तेह्रौ महाधिवेशन राप्तीबाट २ दर्जन बढीको उम्मेद्धारी दर्ता को को छन् राप्तीका आकांक्षी

3:35 AM |


शरद रेग्मी
काठमाडौ फागुण २१, हिजो देखि काठमाडौमा सुरु भएको नेपाली कांगे्रसको १३ औ महाधिवेशन अन्र्तगत आजदेखि  बन्द सत्रमा निती तथा कार्यक्रम तय हुदैछ ।  शुक्रवार १२ बजेसम्म उम्मेद्धारी दर्ता सकिए लगत्तै भृकुटिमण्डपको प्रर्दशनी हलमा बन्द सत्र सुरु भएको छ । केन्द्रिय सदस्य पदका लागि राप्तीबाट झण्डै २ दर्जन बढिको उम्मेद्धारी दर्ता भएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व गृहमन्त्री खुमबहादु्र खड्काले केन्द्रिय सदस्यमा उम्मेद्धारी दर्ता गर्नु भएको काठमाडौबाट पत्रकार शरद रेग्मीले जानकारी दिनुभएको छ ।  त्यस्तै युवा नेता तथा सांसद दिपक गिरी, राजु खनाल, पार्वती डिसी,अनिता देवकोटा  ले केन्द्रिय सदस्यका लागि उम्मेद्धारी दर्ता गराउनुभएको छ । त्यस्तै नेपाली कांग्रेस दाङका निर्वतमान जिल्ला सभापती घनश्याम रेग्मी, केशव आचार्य , भरत न्यौपाने , अनुराग यादव ले केन्द्रिय सदस्यका लागि उम्मेद्धारी दर्ता गराउनुभएको छ । त्यस्तै सल्यान बाट धु्रवराज पुरी , नेपाल उद्योग वाणिज्य महासघंका पूर्व केन्द्रिय सदस्य एवं प्रतिष्ठीत व्यापारी दिपेन्द्र कुमार खत्री र युवा नेता क्रृषिकेश जगं शाहले केन्द्रिय सदस्यमा उम्मेद्धारी दिनुभएको छ । त्यसैगरी रुकुमबाट मानबहादुर नेपाली , गोपाल जि जगं शाह र केशरमान रोकाले केन्द्रिय सदस्यमा उम्मेद्धारी दिनुभएको छ । त्यस्तै प्यूठानबाट डा. गोविन्द पोखरेल , दिवाकार गौतम र केशरमान रोकाले केन्द्रिय सदस्यमा उम्मेद्धारी दर्ता गर्नुभएको छ । त्यस्तै रोल्पाबाट मनोज मणि आचार्य ले केन्द्रिय सदस्यमा उम्मेद्धारी दर्ता गर्नुभएको छ ।  फागुण २३ गते विहान ८ बजेदखि सभागृहमा मतदान हुने भएको छ । महाधिवेशनमा झण्डै ३ हजार २ सय राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतिनिधिहरु सहभागी भएका छन् ।
Read more…

अनौठो पुलिस फोर्स, जहाँ सुन्दरीहरु मात्र भर्ति हुन्छन्

3:28 AM |
glamorous-woman-police2मेक्सिकोको एकापुल्को सहरमा एउटा यस्तो प्रहरी बल रहेको छ जसमा केवल सुन्दरी तथा जवान महिलाहरुलाई मात्र भर्ती लिइन्छ । यो पुलिस फोर्समा केवल १८ देखि २८ वर्षका युवतीहरुले मात्र काम गर्न पाउँछन् । यो पुलिस टुकडीको काम ट्राफिक व्यवस्थापन गर्नु, समुद्री तटमा गस्ती गर्नु तथा अपराधी पक्रिनु हो ।
केवल युवतीलाई मात्र भर्ति लिने यो पुलिस फोर्सको रोचक पक्ष के भने यसका प्रमुख कमाण्डर भने पुरुष छन् । पुलिस फोर्सका प्रमुख म्यानुएल फ्लोर्स हुन् । फोर्समा युवतीहरु मात्र भर्ति गर्नुका फाइदा बखान गर्दै उनी भन्छन् : यो सहरका जो जति अपराधी स्वभावका मानिसहरु छन् उनीहरुले समेत सुन्दरी महिला पुलिसको अगाडि नम्र व्यवहार गर्दछन् । मलाई आफ्नो पुलिस फोर्समाथि गर्व छ ।
glamorous-woman-policeअर्को रोचक कुरा के भने यी महिला प्रहरीलाई पर्यटकहरुसँग जिस्किन छुट दिइएको  छ । एकापुल्को सहरको ८० प्रतिशत अर्थव्यवस्था अमेरिकी पर्यटकले धानेको छ । पुलिस फोर्समा ससक्त महिलाहरुलाई देखेर पर्यटकहरुमा समेत आत्मविश्वास बढ्दछ ।
युवती भर्तिसँगै सहरमा पर्यटकमाथि हुने अपराधमा पनि कमी आएको छ । तर यो पुलिस फोर्समाथि पनि लैंगिक भएको आरोप लाग्ने गरेको छ । तर यस्तो आरोपले आफुहरुलाई कुनै फरक नपर्ने महिला प्रहरीहरु बताउँछन् ।
Read more…

Top Hot


© BY GURMEET SINGH PUNJAB,AMRITSAR