hit counter

टेराद्वारा माफी माग्दै दृष्टिविहीनको कुकर फिर्ता

3:25 AM |


Dog
लुटेराहरुको पनि चित्त चाहीँ हुँदोरहेछ । एकजना दृष्टिवीहिन मानिसको कुकुर लुटेका लुटेराहरुले माफी माग्दै उक्त कुकुर फिर्ता गरेका छन् ।
राजधानी बेइजिंगको बाहिरी इलाकामा आफ्नो सात वर्षीय कुकुर किआओकिआओलाई डोर्याएर बाटोमा हिँडिरहेको बेला लुटेराहरुको एक समूहले यिन फेंक्बोको कुकुर लुटेर लगेका थिए ।
तर लुटिएको कुकर एक्कासी मंगलबार घरमै आयो । उक्त कुकुरको ढाडमा एउटा प्लास्टिकको झोला बोकाइएको थियो । उक्त झोलाभित्र कागजमा लुटेराहरुले केही लेखेका थिए र जसमा लेखिएको थियो, ‘हामी गलत थियौँ…..माफी माग्दछौँ ।’
आफ्नो कुकुर लुटेराहरुले फिर्ता गरेसँगै दृष्टिविहीन तियान खुसी छन् । सुरुको रात केही हतास जस्तो देखिएपनि अहिले ऊ ठीक भएको र उफि्रन थालिसकेको उनी बताउँछन् ।
प्यारो कुकुर अपहरणमा परेसँगै आफ्नो भोक निद्रा हराएको फेंग्बोको भनाइ छ । उनले पाँच वर्षदेखि उक्त कुकुर पाल्दै आएका थिए ।
स्मरण रहोस् चीनमा कुकुरको चोरी निकै चल्तीको अपराधको रुपमा रहेको छ । चोरहरुले कुकुर चोरेर मासु बजारमा बेच्ने गर्दछन् ।
Read more…

लाइकको विकल्पमा फेसबुकले ल्यायो पाँच नयाँ संकेत, दुःख व्यक्त गर्न पाइने

3:23 AM |

Facebook-Option2
कहिलेकाहीँ फेसबुक मित्रको दुःखको खवर सेयर हुँदा कसरी दुःख ब्यक्त गर्ने भन्ने चिन्ताले तपाइँ पक्कै पनि चिन्तित हुनुहुन्थ्यो होला । साथीको दुःखमा साहनुभूति दिन पाए हुन्थ्यो भन्ने तपाइँको इच्छा अब फेसबुकले पुरा गरिदिएको छ ।
फेसबुकले लाइकको विस्तारका रुपमा हालै पाँच नयाँ इमोसनहरु सुरु गरेको छ जहाँ तपाइँले आफ्नो साथीको दुःखमा स्याड चिन्ह प्रयोग गरेर साहनुभूति दिन सक्नुहुन्छ ।
Facebook-Option3तपाईले मोवाइल तथा ट्याबलेट र कम्युटरमा फेसबुक खोल्दा ‘लाईक बटन’ हुने स्थानमा अव अन्य पाँच बटनहरु हुनेछन् ।
फेसबुकले ल्याएको लाईकका बिकल्पहरुमा माया, रिस, दुःख, हाँसो र आश्चर्य लगायत छन् । सबै पोष्टमा प्रयागकर्ताले लाईकमात्र गर्न नसक्ने यथार्थलाई मध्यनजर गरी फेसबुकले बिकल्पका रुपमा यी पाँच प्रतिक्रियात्मक संकेत उल्लेख गरेको हो ।
फेसबुक चलाउँदा कसैको पोष्टमा प्रतिक्रिया दिनुपरेमा तपाइले लाइक भएको स्थानमा ‘टच’ गर्नुहोस । त्यसपछि पाँचवटै विकल्पहरु खुल्नेछन् । तपाईले चहानुभएको विकल्पमा ‘टच’ गरी ‘पोष्ट’ गर्न सक्नुहुनेछ ।
Facebook-Option
फेसबुकले यस बिकल्पलाई पहिलो पटक गत अक्टोबरमा आयरल्याण्ड, जापान र स्पेनमा परिक्षण गरेको थियो । परिक्षण सफल भएपछि यसलाई नियमित बनाउन लागिएको हो ।
तर समर्थकको सबैभन्दा धेरै माग रहेको ‘डिसलाइक बटन’ को सुविधा भने फेसबुकले यसपटक पनि बिस्तार गरेन । फेसबुकका प्रोडक्ट डिजाइन डइरेक्टर जुली जुहोले भनेका छन्, ‘फेसबुकले लाइकका अलावा पाँच प्रतिक्रियाको सुविधा थपेको छ । त्यसले उनीहरुको अभिव्यक्तिलाई नियन्त्रण गर्न सक्छ ।’
Read more…

रोल्पामा आमा छोराको हत्या

1:25 AM |
Rolpaरोल्पा । रोल्पाको थवाङमा २ जनाको हत्या भएको छ । थवाङ ९ का ३५ वर्षीय वसन्त पुन र उनकी आमा ६० वर्षीया जमानसरी पुनको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या अभियोगमा वसन्तकी श्रीमती तिलाकुमारी पुन पक्राउ परेकी छन् । उनले नै श्रीमान र सासुको हत्या गर्नुका साथै ससुरालाई समेत घाइते बनाएको प्रहरीको भनाइ छ ।
घरायसी विवादका कारण हत्या भएको हुनसक्ने भन्दै प्रहरीले तिलालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।
Read more…

वैज्ञानिक हकिङको चेतावनी : महाविपत्तीद्धारा पृथ्वीको विनास पक्का

1:17 AM |

20121017-10-prashanja-za-stiven-hoking-1-750

ऐजेन्सी । आफैले सिर्जना गरेका विकृत पदार्थका कारण मानवजाति नै जोखिममा रहेको वैज्ञानिक स्टेफन हकिङले बताएका छन् । उनले संसारमा बढ्दै गएको आणविक युद्ध, जलवायु परिवर्तन र आणुवांशिक रूपले सिर्जित भाइरसलाई मुख्य खतरा मानेका छन् । उनको विज्ञान तथा प्रविधिमा हुने गरेको नयाँ परिवर्तनसँगै जोखिमपनि बढ्दै जाने बताएका छन् ।
वैज्ञानिक हकिङले ‘बीबीसी रिथ लेक्चर’ मा लेक्चर दिँदै छन् । उनले ‘ब्ल्याक होल’ सम्बन्धी अनुसन्धानमाथि मन्तव्य  राख्दै प्रश्नहरूको जवाफमा यस्तो धारणा राखेका हुन् । उनका अनुसार अरू नै विश्वमा मानव बसाइ स्थापित गरेको खण्डमा मानवजाति जोगिन सक्ने विचारसमेत राखे । उनले भने ‘कुनै निश्चित सालमा पृथ्वीमाथि महाविपत्ति आउने भन्ने सम्भावना कम हुन्छ तर समय क्रमसँगै खतरा बढ्दै जान्छ । अर्को हजार वा १० हजार वर्षमा यो विनाश पक्का छ ।’
पृथ्वीमा हुने महाविपत्तिले मानव जातिको अन्त्य नगरोस् भनि त्यतिन्जेलसम्म मानिस अन्तरिक्षमा फैलिसक्नुपर्ने उनको धारणा रहेको छ । उनले भने ‘तर अर्को केही सय वर्षसम्म हामीले अन्तरिक्षमा दिगो मानव बसाइ स्थापना गर्न सक्ने देखिन्न । त्यस कारण हामी यस अवधिमा चनाखो हुन जरुरी छ ।’
11235360_65461759-750
हकिङ अहिलेको समयका सबैभन्दा ठूलो वैज्ञानिक हुन् । उनले नै यस्तो संकट देखाउनु गम्भीर विषय हुनसक्छ ।
उनले कृत्रिम सूचना ‘आर्टि्फिसियल इन्टेलिजेन्स’ लाई मानव जाति समाप्त पार्न सक्ने चिजका रूपमा प्रस्तुत गरेका थिए । तर, हकिङले संकटसँग लड्ने उपायहरूपनि रहेको उल्लेख गरे ।
युवा वैज्ञानिकहरूलाई सल्लाह दिदै उनले भने, ‘हामी प्रगति रोक्नेवाला छैनौं । यसलाई उल्टयाउन पनि सक्दैनौं । तर हामी खतरा पहिचान गरेर नियन्त्रण गर्न सक्छौं । म आशावादी छु कि हामी त्यसो गर्न सक्छौं’।
Read more…

Top Hot


© BY GURMEET SINGH PUNJAB,AMRITSAR